
सरकारलाई समर्थन जारी रहन्छ, अहिले सरकारमा जाने कुरा छैन : झलनाथ खनाल


नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफूहरु सरकारमा अहिल्यै नजाने बताएका छन्।
बिहीबार निर्वाचन प्रणाली सुधारको सम्बन्धमा निर्वाचन आयोगले राखेको छलफलमा उपस्थित हुन सिंहदरबार पुगेका खनालले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै सरकारमा जाने कुरा नभएको बताए।
उनले सरकारलाई आफूहरुले दिएको समर्थन जारी रहने पनि बताए। सरकारले राम्रो काम गरुञ्जेल आफूहरुको समर्थन रहने उनको भनाइ छ।
उनले भने, ‘समर्थन चाहिँ हामीले गरेकै छौँ। समर्थन हाम्रो जारी नै रहन्छ, सरकारले राम्रो काम गरुन्जेल। तर अहिले सरकारमा जाने कुरा हाम्रो त्यस्तो केही छैन।’
उनले प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (एकीकृत समाजवादी) लाई सरकारका आउन गरेको आग्रहको बारेमा आफूलाई थाहा नभएको प्रतिक्रिया दिए।
प्रतिक्रिया