नेपाल रेडक्रसका शाखा-उपशाखालाई ३० वटा एम्बुलेन्स हस्तान्तरण
रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ आईएफआरसीले रेडक्रशका जिल्ला शाखा तथा उपशाखालाई ३० वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ ।
नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा आईएफआरसीका महासचिव जगन्नाथ चापागाईंले नेपाल रेडक्रस सोसाइटीका २२ वटा जिल्ला शाखा र ८ वटा उपशाखालाई गरी जम्मा ३० वटा ख वर्गका एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।
उनले अन्य १५ वटा एम्बुलेन्स ‘ख’ वर्गमा स्तरोन्नति गरिएको र आगामी दिनमा बाँकी ४७ जिल्लाहरुको लागि पनि सहयोगका लागि पहल गर्ने बताए ।
कार्यक्रममा नेपाल सरकारको स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख डा. समीरकुमार अधिकारीले प्रभावकारी एम्बुलेन्स सेवा सञ्चालन कार्य त्यति सजिलो नभएको बताउँदै यस सेवाको समग्र प्रणाली सुधारका लागि सरकार लागिरहेको बताए ।
नेपाल रेडक्रस सोसाइटीले हाल देशका ६८ जिल्लाका २७५ स्थानबाट एम्बुलेन्स सेवा प्रदान गरिरहेको सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकालले बताए ।
नेपाल रेडक्रस सोसाइटीका जिल्ला शाखाहरूमा इलाम, झापा, तेह्रथुम, संखुवासभा, सप्तरी, उदयपुर, भक्तपुर, नुवाकोट, तनहुँ, गुल्मी, प्युठान, सल्यान, सुर्खेत, दाङ, जाजरकोट, डोटी, मुगु, बझाङ, वैतडी, दार्चुला, कैलाली र कञ्चनपुर रहेका छन् । साथै उपशाखाहरूमध्ये सोनारी (बाँके) बारबर्दिया (बर्दिया), अन्नपूर्ण (भोजपुर), मनकामना (गोरखा), नरहरिनाथ (कालीकोट), घर्तिगाउँ (रोल्पा), ग्वालटार (सिन्धुली) र मिर्चैया (सिराहा) ले एम्बुलेन्स प्राप्त गरेका हुन् ।
प्रतिक्रिया