मालपाेत कार्यालय पर्साका प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

युवा स्पोर्ट्स क्लबको जग्गा व्यक्तिको नाममा गरेको अभियोगमा भूमिसुधार तथा मालपोत कार्यालय, पर्साका प्रमुखसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय प्रमुख कमोद तिवारी, तत्कालीन नायब सुब्बा शम्भु साह रौनियार, तत्कालीन खरिदार शिवप्रसाद साह तेली, रिन्ता कुमारी र वीरगञ्ज ३१ का खेख सफी अहदमविरुद्ध मुद्दा दर्ता गरेको हो ।

उनीहरूले स्पोर्ट्स क्लबको नाममा रहेको साविकको बेल्वा गाविस ८ मा रहेको १ रोपनी ५ आना जग्गा शेष सफी अहमदको नाममा गराएका थिए । यसका लागि फिल्ड प्रतिवेदन, निर्णयको टिप्पणी समेत पेस गरेर निर्णय गराएका थिए भने आफ्नो गलत निर्णय ढाकछोप गर्न मोठ समेत च्यातिएको अख्तियारको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *