भ्रष्टाचार नियन्त्रण, सुशासन र सदाचारसम्बन्धी सचेतनामूलक राष्ट्रव्यापी लोकगीत प्रतियोगिता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो ३२ औं स्थापना दिवसको उपलक्ष्यमा भ्रष्टाचार नियन्त्रण, सुशासन र सदाचारसम्बन्धी सचेतनामूलक राष्ट्रव्यापी लोकगीत प्रतियोगिता गरेको छ । आयोगले गरेको कार्यक्रममा विभिन्न चरणबाट छानिएका १५ समूहले आज अन्तिम प्रतिष्पर्धामा भाग लिएका हुन् ।
त्यस्तै कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले भ्रष्टाचार न्यूनीकरणका लागि चालिएका आवश्यक कदमहरूलाई आम जनतामा सहज रूपमा बुझाउन यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले जनस्तरमा जनचेतना फैलाउनका लागि गीत, संगीत सहज र उत्कृष्ट माध्यम हुने भएकाले कानुन सम्बन्धी जानकारी गीतबाट पाउन सकिने बताए ।
सो अवसरमा प्रतियोगी कलाकारहरूले अख्तियारसम्बन्धी सचेतनामूलक गीत गाएर सुनाएका थिए । समाज परिवर्तनका लागि आवश्यक नीति, नियम, कानुनको बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा कलाकारहरूले आफ्ना गीतहरू प्रस्तुत गरेका थिए ।
राष्ट्रव्यापी लोकगीत प्रतियोगितामार्फत भ्रष्टाचारविरुद्ध सचेतना र भ्रष्टाचार न्यूनीकरणको अभियानलाई जनस्तरसम्म पु¥याउने लोकभाकाहरु गीतमा प्रस्तुत थिए ।
प्रतिक्रिया