निफको जुरी कमिटीमा प्रियंका कार्की र इन्द्रलाल बलामी

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को जुरी कमिटीमा अभिनेत्री प्रियंका कार्की र माया एकेडेमीका इन्द्रलाल बलामी मनोनित भएका छन्।

निफका अध्यक्ष केपी पाठकले अभिनेत्री कार्की फिचरतर्फको जुरी सदस्यमा र बलामी छोटा तथा वृत्तचित्र जुरी कमिटीमा मनोनित भएको जानकारी दिए। अभिनेत्री कार्कीले दर्जनौं फिल्ममा अभिनय गरेकी छन् भने बलामी माया एनिमेसन एकेडेमीका संस्थापक हुन्।

आगामी चैत २ देखि ६ सम्म काठमाडौँमा आयोजना हुने निफमा पाँच जना जुरीमध्ये तीन जना विदेशी चलचित्र निर्माता हुनेछन्। यस वर्ष छनोट भएर दोस्रो चरणमा पुगेका ३५ देशका ९५ वटा लामा, छोटा, वृत्तचित्र तथा एनिमेटेड फिल्ममध्येबाट ७ विधामा १४ वटा पुरस्कार वितरण गरिनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *