
अमेरिकी सहयोग नियोग प्रमुख सामन्था पावर नेपाल आउँदै

अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएड) की प्रमुख सामन्था पावर नेपाल भ्रमणमा आउने भएकी छन्।
यूएसएडले जारी गरेको विज्ञप्तिअनुसार पावर फेब्रुअरीको पहिलो हप्तामै काठमाडौं आउन लागेकी छन्। उनी आउने आइतबार काठमाडौं आइपुग्ने अनुमान गरिएको छ।
राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया न्युल्यान्ड नेपाल भ्रमणबाट सकेर फर्केको एक साता नबित्दै उच्च अमेरिकी अधिकारी नेपाल आउन लागेकी हुन्।
नेपालमा रहँदा पावरले राजनीतिक भेटघाटसँगै नागरिक समाजका अगुवा, विद्यार्थी, व्यापारी र सरकारी अधिकारीहरूसँग छलफल गर्नेछिन। उनका छलफल नेपालले प्रजातान्त्रिक, समावेशी र समृद्ध र सुदृढ मुलुक बन्न गरिरहेका प्रयत्नमा केन्द्रीत रहने यूएसएडले उल्लेख गरेको छ।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया