एनएमबी बैंकको नयाँ एटीएम ठमेलको गार्डेन अफ ड्रीम्समा
१७ माघ २०७९ १८:०१
एनएमबी बैंकले ठमेलको लोकप्रिय पर्यटकीय गन्तव्य गार्डेन अफ ड्रीम्सको छेउमा आफ्नो नयाँ एटीएम खोलेको घोषणा गरेको छ।
सो एटीएमले ग्राहक र पर्यटकहरूलाई काठमाडौं उपत्यकाको व्यस्त स्थानमा छिटो र सहज रूपमा नगद निकाल्न टेवा पुर्याउनेछ।
बैंकले हाल देशभरि २०१ शखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।
प्रतिक्रिया