
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड काठमाडौंमा

अमेरिकाकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड काठमाडौं आइपुगेकी छन्। दुई दिने भ्रमणका लागि उनी आइतबार साँझ काठमाडौं आएकी हुन्।
काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार न्युल्यान्डले सोमबार बिहानदेखि राजनीतिक भेटवार्ता गर्नेछिन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्र मन्त्री विमला राई पौड्याल लगायतसँग भेटवार्ता गर्नेछिन्।
३३ वर्षदेखि अमेरिकी कूटनीतिज्ञ रहेकी उपविदेश मन्त्री नुल्यान्डले राष्ट्रपति बाइडेन, ओबामा र बुस नेतृत्वका सरकारहरूअन्तर्गत थुप्रै उच्च पदहरू सम्हालेकी छन्।
‘नेपाल भ्रमणको क्रममा उहाँले सरकारका नेतृत्वकर्ताहरूसँग भेटघाट गरी दुई देशबिचको बलियो दौत्य सम्बन्धमाथि जोड दिनुहुनेछ। साथै उहाँले नेपालको अनुपम सांस्कृतिक सम्पदाको अनुभव पनि सँगाल्नुहुनेछ। यस्ता सांस्कृतिक सम्पदालाई सहयोग गर्न पाउँदा हामीलाई गर्व लाग्दै आएको छ,’ काठमाडौंस्थित अमेरिकी दूतावासले भनेको छ।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया