मौलिक अधिकारलाई व्यवहारमा उतार्न ऐन निर्माण प्रक्रिया अघि बढाउँछु : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिकका मौलिक अधिकारलाई व्यवहारमा उतार्नका लागि आवश्यक ऐन बन्न नसक्नु दुःखद् भएको बताएका छन्। आइतबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको २७औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

प्रधानमन्त्री दाहालले मौलिक अधिकारलाई जीवन, व्यवहारमा उतार्नको लागि ऐन, निर्माण प्रक्रियालाई यथाशीघ्र अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले सातै प्रदेशमा विशेष अस्पतालहरूको निर्माण गरेर मुटु रोगसँग सम्बन्धित उपचारलाई पनि सातै प्रदेशका अस्पतालसँग जोड्ने कुरालाई उच्च प्राथमिकतामा राखेको बताए।

उनले गंगालाल अस्पतालालई शैक्षिक केन्द्रको रूपमा विकास गर्न आफ्नो सहयोग रहने प्रतिबद्धता जनाए।

प्रधानमन्त्री दाहालले देशमा धेरै समस्याको समाधान गर्नुपर्ने चुनौती रहेको बताए। उनले केही घटनाक्रमले समाज राज्यप्रति वितृष्णा पैदा हुन संकेत देखिएको बताए। कर्मचारीतन्त्रलाई व्यवस्थित गर्ने कुरामा पनि सरकारले जोड दिने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *