
नागरिक उन्मुक्ति प्रवेश गरिन् ऋषि धमला पत्नी एलिजा गौतम

पत्रकार ऋषि धमलाकी श्रीमती रहेकी कलाकार तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन्। शनिबार रूपन्देहीको भैरहवास्थित होटल दरबार ल्यानमा आयोजित कार्यक्रममा उनलाई पार्टी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठले पार्टी प्रवेश गराएकी हुन्।
उनलाई पार्टी प्रवेश गराएर महत्त्वपूर्ण जिम्मेवारी दिन लागिएको आकलन गरिएको छ। सो कार्यक्रममा लुम्बिनीबाट राष्ट्रिय सभाको माघ २५ गते उपनिर्वाचनमा उम्मेदवार बनेका राजेन्द्रवीर राय पनि पार्टीमा प्रवेश गरेका जनाइएको छ।
प्रतिक्रिया