समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई मन्त्री पाण्डेको निर्देशन

शहरी विकासमन्त्री विक्रम पाण्डेले पश्चिम चितवनमा सञ्चालनमा रहेका विभिन्न योजनाको निरीक्षण गरेका छन्। मन्त्री पाण्डेले आज भरतपुर महानगरपालिका वडा नं. १५ र २१ का विभिन्न योजनाको स्थलगत निरीक्षण गरेका हुन्।

सो अवसरमा मन्त्री पाण्डेले समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन्। ‘निर्माण व्यवसायीलाई काम गर्नका लागि कुनै अवरोध छैन,’ मन्त्री पाण्डेले भने, ‘समस्या परेको खण्डमा सिधै हामीलाई भन्नुहोला।’

उनले पश्चिम चितवनका विभिन्न वडामा जनताबाट माग भएको योजनाको बारेमा पनि स्थलगत रूपमा जानकारी लिएका थिए। सघन शहरी तथा भवन निर्माण आयोजनाबाट भइरहेका विकास निर्माण र प्रगतिबारे पनि मन्त्री पाण्डेले जानकारी लिएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर