
नेपाली राजदूत अधिकारीले भेटे पाकिस्तानका कानून राज्यमन्त्री


पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले पाकिस्तान सरकारको कानून तथा न्याय मन्त्रालयका राज्यमन्त्री शाहदत अवानसँग भेटावार्ता गरेका छन्।
बुधबार राज्यमन्त्री अवानको इस्लामावादस्थित कार्यकक्षमा भएको भेटमा नेपाल-पाकिस्तान द्विपक्षीय सम्बन्ध र यसलाई थप सुमधुर बनाउने उपायबारे छलफल भएको राजदूत अधिकारीले सामाजिक सञ्जाल ट्विटरमा उल्लेख गरेका छन्।
यस्तै भेटमा दुई देशबीचको संसदीय सहकार्यबारे पनि छलफल भएको राजदूत अधिकारीले जनाएका छन्।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया