
मोटरसाइकल चालकको मृत्यु हुनेगरी ठक्कर दिएर फरार एम्बुलेन्स चालक ९ वर्षपछि पक्राउ


फाइल फोटो
भक्तपुरमा मोटरसाइकल चालकको मृत्यु हुनेगरी ठक्कर दिएर फरार रहेका एम्बुलेन्स चालक ९ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका-१ का ४२ वर्षीय इमबहादुर कार्की छन्।
जिल्ला प्रहरी परिसर, भक्तपुरका अनुसार २७ जेठ २०७० मा कार्कीले चलाएको ऊँ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको बा. ३ च. ५२७५ नम्बरको एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालक कास्की घर भई भक्तपुरको गठ्ठाघर बस्ने ६७ वर्षीय शिवशरण रेग्मीको मृत्यु भएको थियो।
घटनापछि फरार रहँदै आएका एम्बुलेन्स चालक कार्कीलाई मंगलबार पक्राउ गरी प्रहरी वृत्त ठिमीमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजु पाण्डेले जानकारी दिए।
प्रतिक्रिया