दलीय आबद्धताबाट अलग भइन् उपसभामुख राना

प्रतिनिधि सभाकी नवनिर्वाचित उपसभामुख इन्दिरा रानाले दलीय आबद्धताबाट अलग भएको घोषणा गरेकी छन्।

प्रतिनिधि सभाको यही माघ ७ गतेको बैठकबाट निर्वाचित भएपछि उनले उपसभामुख पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वासनीय बनाउन त्यो पदमा रहुञ्जेल पार्टीको सम्पूर्ण राजनीति र साङ्गठनिक जिम्मेवारीबाट अलग रहेको सोमबार घोषणा गरेकी हुन्।

गत मंसिर ४ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक सांसद चुनिएकी थिइन्। उनले आजै उपसभामुख पदको शपथ लिँदैछिन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *