जनकपुरका दुई युवाको भारतमा अपहरण गरेर हत्या
८ माघ २०७९ १४:०६
धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका दुई युवाको भारतमा अपहरण गरेर हत्या भएको छ। पुस २७ गते घरबाट निस्केका २२ वर्षीय रोहित साह र २३ वर्षीय विष्णु साहको आइतबार बिहान भारतको सीतामढी जिल्लाको बेला थानाअन्तर्गतको पर्सा गाउँमा खाल्डो खनेर गाडिएको अवस्थामा शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार भारतीय प्रहरीसँग समन्वय गरेर घटनाको थप अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धानमा अज्ञात समूहले युवाहरूको अपहरणपछि हत्या गरेको खुलेको छ।
घटनास्थलमा मृतक युवाका आफन्त लिएर जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली पुगेको डीएसपी क्षेत्रीले बताए। घटनामा संलग्न रहेकाे आरोपमा धनुषामा दुई र भारतमा तीन जना पक्राउ परेको उनले बताए।
प्रतिक्रिया