
माटोका भाँडा बनाएर प्रजापति र धिमे बजाएर धिमेखलवालाको अनुभव बटुलेको छु : ओली


नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कला र संस्कृति अमर रहने बताएका छन्। शनिबार भक्तपुरमा आयोजित चौथो एपिक नेपाल म्युजिक अवार्ड कलाकारहरूलाई प्रदान गर्दै उनले यस्तो बताएका हुन्।
उनले नेपाली कला र संस्कृतिको संरक्षणमा हरेक नेपालीहरू लागेकाले कला र संस्कृति नमर्ने बताए। उनले नेपाली संस्कार र संस्कृतिहरू कलाको माध्यमबाट पनि अहिलेसम्म जीवित रहेको भन्दै खुशी व्यक्त गरे।
उनले नेपाली कला र संस्कृतिलाई मन पराउने नेपालीहरू धेरै रहेकाले अहिले पनि नेपाली कला र संस्कृतिको महत्त्व अपार रहेको बताए। अध्यक्ष ओलीले कला, संस्कृतिलाई जीवन्त ढंगले जनतासँग, जनताको मनसँग जोडेर संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने कार्यमा कलाकारहरू लागेको भन्दै खुशी व्यक्त गरे।
अध्यक्ष ओलीले कलाकारहरूलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा धिमे बजाएका थिए। उनले आफूले माटोका भाँडा बनाएर प्रजापति र धिमे बजाएर धिमेखलवालाको अनुभव बटुलेको पनि बताए।
प्रतिक्रिया