
लेबनानी–इजरायली सीमामा संवेदनशील गतिविधि नगर्न शान्ति सेनाको चेतावनी


लेबनानमा रहेको संयुक्त राष्ट्रसंघको अन्तरिम बलले लेबनानी–इजरायली सिमानानजिक तनाव निम्त्याउने खालको कुनै पनि गतिविधि नगर्न चेतावनी दिएको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ।
संयुक्त राष्ट्रसंघ एजेन्सीका प्रवक्ता एन्ड्रिया टेनेन्तीले युनिफिल शान्ति सैनिकहरू ब्लु लाइनको उल्लंघन भएमा कडा निगरानी गर्न र तनाव कम गर्न मैदानमा तम्तयार रहेको बताएका छन्।
‘हामी दुवै पक्षहरूसँग निरन्तर सम्पर्कमा छौं र ब्लु लाइन नजिकका कुनै पनि गतिविधिहरूको संवेदनशीलतालाई जोड दिन्छौं,’ उनले भनेका छन्।
प्रवक्ता टेनेन्तीको यस्तो टिप्पणी लेबनानको दक्षिणी सिमानामा तनाव बढेको दुई दिनपछि आएको हो।
प्रतिक्रिया