किसानलाई बर्ड फ्लुबाट भएको क्षतिपूर्ति दिन मन्त्रालय तयारी गर्दैछ : कृषिमन्त्री साह

कृषि तथा पशुुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले नेपालमा पोषक तत्त्व प्रोटिनको उपलब्धता पर्याप्त नभएको बताएकी छन्।

शनिबार काठमाडौंमा आयोजित दोस्रो संस्करणको ‘राइट टु प्रोटिन रन हाफ म्याराथन’ कार्यक्रममा बोल्दै यस्तो बताएकी हुन्।

यनले गरिबी समुदायको बालबालिकाहरूको प्रोटिनको कमीका कारण नेपामा ठूलो संख्यामा कुपोषणको समस्या आइरहेको बताइन्। उनले बालबालिकाको उमेरअनुसार समग्र विकासमा सन्तुलित आहारको आवश्यकता भए पनि आवश्यक प्रोटिनको उपलब्धता नहुँदा विभिन्न रोगहरूको शिकार भइरहेको बताए।

उनले कृषि मन्त्रालय खाद्यान्नहरूमा नेपाललाई आत्मनिर्भर बनाउन प्रयासरत रहेको पनि उल्लेख गरिन्। उनले किसानहरूले कुखुराको आहारको उचित मूल्य नपाएको र बर्ड फ्लुबाट भएको क्षतिको आवश्यक क्षतिपूर्ति पनि नपाइरहेको बताइन्। उनले बर्ड फ्लुबाट भएको क्षतिअनुसार क्षतिपूर्ति दिन मन्त्रालयले तयारी गरिरहेको पनि बताइन्।

मन्त्री साहले कृषि तथा पशुजन्य उत्पादनहरू बढाई कृषिमा आत्मनिर्भर हुन लागिपरेको बताइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *