कोटेश्वरमा कोइला बालेर सुतेका ४ जना अचेत अवस्थामा फेला

काठमाडौंको कोटेश्वरमा कोइला बालेर सुतेका चार जना अचेत अवस्थामा फेला परेका छन्।

शुक्रबार राति ८ बजे काठमाडौं महानगरपालिका–३२ कोटेश्वर सहयोगीनगरस्थित कुमार खत्रीको ५ तले घरमा चार जना निस्सासिएर अचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

९० वर्षीय छलमाया खत्री, ७० वर्षीय सिलमाया कटुवाल, २४ वर्षीय प्रमिला खत्री र ३५ दिनका छोरा श्रीयाल खड्का अचेत अवस्थामा फेला परेका हुन्।

पाँचौं तलामा कोठाको झ्याल ढोका बन्द गरी कोइला बालेर आगो ताप्ने क्रममा त्यहाँ रहेका चार जनालाई एक्कासि श्वासप्रस्वासमा समस्या आउँदा निस्सासिएका थिए। सोही घरमा बस्नेले थाहा पाएपछि ढोका खोलेर हेर्दा उनीहरू अचेत अवस्थामा फेला परेका हुन्।

उनीहरूलाई तत्कालै उपचारको लागि बानेश्वरस्थित सिभिल अस्पतालमा पु¥याएको थियो। उनीहरूको आईसीयूमा उपचार भइरहेको छ।

यस्तै सिभिलमा आईसीयू खाली नभएपछि छलमायाको थप उपचारको लागि छाउनीस्थित नेपाली सेनाको अस्पतालमा रेफर गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर