
यूएई र कतारका राजदूतले भेटे प्रधानमन्त्री प्रचण्ड


यूएईका रादजूतसँग प्रधानमन्त्री।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त अरब इमिरेट्स (यूएई) र कतारका राजदूतले आज छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका छन्। प्रधानमन्त्री दाहाल र यूएईका राजदूत अब्दुल्ला सईद मुवारक जरवान अल्सामीबीच द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यस्तै प्रधानमन्त्री दाहाल र कतारी राजदूत युसुफ वीन मोहम्मद अल हेलबीच पनि दुई देशको सम्बन्ध, आसपी हित र चासोका विषयमा कुराकानी भएको थियो। यूएई र कतारका राजदूतले नेपालको प्रधानमन्त्रीमा नियुक्त हुन भएका प्रधानमन्त्री दाहाललाई बधाई दिँदै सफल कार्यकालको कामना गरेका थिए।
प्रतिक्रिया