
टाइगर प्यालेस रिसाेर्टलाई मिचेकाे सार्वजनिक जग्गा खाली गर्न अदालतकाे आदेश

जिल्ला अदालत रूपन्देहीले रूपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण गरिएको पाँचतारे टाइगर प्यालेस रिसोर्टलाई मिचेको सार्वजनिक जग्गा खाली गर्न आदेश दिएको छ।
जिल्ला अदालत रूपन्देहीका न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले शु्क्रबार सार्वजनिक जग्गा मिचेर संरचना निर्माण गरेको भन्दै खाली गर्न अन्तरिम आदेश दिएको हो।
स्थानीयले दर्ता गरेको रिटको सुनुवाइ गदै इजलासले मागबमोजिम हुने आदेश दिएको हो।
तिलोत्तमा नगरपालिकामा रहेको करिब २३ कठ्ठा सार्वजनिक जग्गा, राजकुलो तथा सार्वजनिक कुलो मिचेर रिसोर्ट बनाइएको र त्यसलाई खाली गरी उक्त जग्गा पुनः सार्वजनिक प्रयोगमा ल्याउन माग गर्दै स्थानीयले मुद्दा दर्ता गरेका थिए।
- त्रिशूली दुर्घटना : मोटरसाइकलसहित उद्धार गरिएका तामाङको मृत्यु, बेपत्ताको खोजी जारी
- अगामी आर्थिक वर्षको बजेट मुलुकमा विद्यमान समस्याको हल हुनेगरी ल्याउँछौं : अर्थमन्त्री पौडेल
- धिताल तुर्कियका लागि नेपालको गैर आवासीय राजदूत नियुक्त
- ‘जानकी जन्मोत्सव’लाई ‘राष्ट्रिय पर्व’ घोषणा गरी देशभर सार्वजनिक बिदा दिन माग
प्रतिक्रिया