
मन्त्री भण्डारी र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता


उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबीच आज शिष्टाचार भेटवार्ता भएको छ।
मन्त्रालयमा भएको भेटका क्रममा मन्त्री भण्डारीले दुई मुलुकका सीमा क्षेत्रमा रहेका निर्माणाधीन तथा निर्माण गर्नुपर्ने सुक्खा बन्दरगाहका विषयमा राजदूत श्रीवास्तवको ध्यानाकर्षण गराए। उनले नेपालमा लगानी गर्ने उद्योगी व्यवसायीका लागि सरकारले सहज वातावरण बनाउने बताए।
यस्तै राजदूत श्रीवास्तवले मन्त्री भण्डारीलाई बधाई तथा शुभकामना दिँदै दुई देशबीच व्यापार सम्बन्ध मजबुत बनाउनुपर्नेमा जोड दिए। उनले पारवहन सम्झौताका विषयमा अध्ययन गर्नुपर्ने उल्लेख गर्दै नीतिगत सुधार गर्नुपर्नेमा जोड दिए। साथै भेटका क्रममा दुई देशबीचको आयात निर्यातलाई व्यवस्थित बनाउने विषयमा छलफल भएको थियो।
- ७ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो
- परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न माग
- पश्चिमा देशहरूले फरक-फरक किसिमको व्यवहार गर्दा विश्वको शान्ति खल्बलियो : विश्व नेताहरू
- सुन तस्करीमा पाँच वर्ष जेल बसेका लामा २५ करोडसहित फेरी समातिए
प्रतिक्रिया