पार्टीको जिम्मेवारीबाट अलग भएको छु : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले आफू नेकपा (एमाले)सँग सम्बन्धित सबै जिम्मेवारीबाट अलग रहेको बताएका छन्।

नवनिर्वाचित सभामुख घिमिरेले आज प्रेस विज्ञप्ति जारी गरी स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्नका लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको बताएका हुन्। उनले आजै शपथ पनि लिएका छन्। विज्ञप्तिमा उनले भनेका छन्, ‘मिति २०७९ साल माघ पाँचमा म प्रतिनिधि सभाको सभामुख पदमा निर्वाचित भएको र यस पदको भूमिकालाई स्वतन्त्र र निष्पक्ष रूपमा निर्वाह गर्नका लागि एमालेको पार्टी सदस्यता र पार्टीसम्बद्ध सम्पूर्ण राजनीतिक, सांगठनिक जिम्मेवारीबाट अलग भएको जानकारी गराउँदछु।’

बिहीबार भएको निर्वाचनमा घिमिरेको पक्षमा १६७ मत प्राप्त भएको थियो भने विपक्षमा १०० मत परेको थियो। निर्वाचनमा एक जनाले भने मत दिएनन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *