सभामुख घिमिरेले लिए शपथ
६ माघ २०७९ १३:१६
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीले सभामुख घिमिरेलाई शपथ गराइन्।
समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति थियो।
सो अवसरमा पूर्वप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकायका प्रमुख तथा सुरक्षा अंका प्रमुखहरूको सहभागिता थियो।
घिमिरे बिहीबार प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भएका थिए।
प्रतिक्रिया