
परराष्ट्रमन्त्री पौड्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता


नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालकी नवनियुक्त परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग भेट गरेका छन्।
राजदूत श्रीवास्तव मन्त्री पौड्याललाई भेट्न बिहीबार परराष्ट्र मन्त्रालय पुगेका थिए।
भेटमा दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै लैजाने विषयमा छलफल भएको थियो।
साथै सो अवसरमा राजदूत श्रीवास्तवले पौड्याललाई नेपालको परराष्ट्रमन्त्री नियुक्त भएकोमा भारतीय विदेशमन्त्री डा. एस जयशंकरले पठाएको बधाईपत्र पनि हस्तान्तरण गरेका थिए।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया