
सभाले खोजेको सभामुख ईश्वरी न्यौपाने हो : प्रकाश ज्वाला


नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले सभामुख पदका लागि ईश्वरीदेवी न्यौपाने योग्य पात्र भएको बताएका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा न्यौपानेको पक्षमा पार्टी रहने भन्दै उनले न्यौपानेलाई सबै दलहरूले मत दिएर जिताउनुपर्ने बताएका हुन्।
उनले प्रधानमन्त्री पुष्पकमल दाहालले झैं कांग्रेस सभामुख उम्मेदवार न्यौपानेलाई सर्वसम्मत जिताउनुपर्ने बताए। उनले संसद्ले न्यौपानेलाई जिताए सभाले खोजेको सभामुख पाउने बताए।
उनले राष्ट्रिय सहमतिको हिसाबले जाने हो भने उम्मेवार न्यौपानेलाई जिताउनुपर्ने र प्रधानमन्त्रीको पार्टीले अवश्य नै न्यौपानेलाई मत हाल्लने विश्वास लिएको बताए।
प्रतिक्रिया