मातहतका निकायलाई कृषिमन्त्रीको निर्देशन- बजेटको दुरुपयोग हुन नदिनू

नवनियुक्त कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले बजेटको दुरुपयोग हुन नदिन मातहतका सबै निकायलाई निर्देशन दिएकी छन्।

मन्त्री साहले आफू मातहतका सबै निकायको अनुगमन गरी खराब काम गर्ने कर्मचारीलाई दण्ड दिने र राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहित गरेर अघि बढ्ने आफ्नो कार्ययोजना रहेको पनि स्पष्ट पारिन्।

कृषि विभागले बुधबार प्रथम राष्ट्रिय कृषि जैविक विविधता दिवसको अवसर पारेर ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले रामो काम गर्ने कर्मचारीलाई मनोबल नघट्ने गरी काम गर्ने वातावरण बनाउने आफ्नो दायित्व रहेको पनि बताइन्। कृषि मन्त्रालयका कर्मचारीले किसानको समस्या बुझेको हुनुपर्ने उल्लेख गर्दै उनले ती समस्या समाधानका लागि मेहनतका साथ काम गर्नुपर्ने बताइन्।

मन्त्री साहले किसानहरूको समस्या समाधानका लागि आफू केन्द्रित भएर लागिपर्ने बताइन्। उनले कृषि उपजमा मुलुकलाई आत्मनिर्भर हुने गरी अघि बढन जरुरी रहेको बताइन्। कृषि क्षेत्रको विकासका लागि नयाँनयाँ कामको सुरुवात गर्ने मन्त्री साहको भनाइ थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *