घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य मंगलबारको तुलनामा प्रतितोला ६ सय रुपैयाँले घटेको छ। हिजो प्रतितोला १ लाख ५ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ लाख ४ हजार ५ सय तोकिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन १ लाख ४ हजार ६ सय रुपैयाँ थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ३ सय ७५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ। महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *