
सप्तरीको शम्भुनाथ नगरपालिकाका इन्जिनियर रामचन्द्र साह १ लाख ४० हजार घुससहित पक्राउ


सप्तरीको शम्भुनाथ नगरपालिकामा कार्यरत इन्जिनियर रामचन्द्र साह १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले इन्जिनियर साहलाई मंगलबार उनकै कार्यकक्षबाट पक्राउ गरेको हो।
अख्तियारका केन्द्रीय प्रवक्ता श्यामप्रसाद भण्डारीले निर्माण कार्यको भुक्तानीबापत सेवाग्राहीसँग घुस माग गरेको उजुरीपछि उनलाई सो घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए।
पक्राउ परेका इन्जिनियर शाहको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता भण्डारीले बताए।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया