पोखरा विमान दुर्घटना : थप एक जनाको शव भेटियो

पोखरामा आइतबार बिहान यती एयरको विमान दुर्घटना हुँदा बेपत्ता रहेका थप एक जनाको शव भेटिएको छ। यससँगै दुर्घटनामा मृतकको संख्या ६९ पुगेको छ। अरू तीन जना अझै बेपत्ता छन्।

सोमबार दिउँसो सेती खोँचबाट थप एक जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्रमुख अजय केसीले जनकारी दिए।

काठमाडौंबाट बिहान १०:३२ बजे पोखराका लागि उडेको यती एयरको विमान आइतबार बिहान ११ बजेतिर पोखराको सेती नदी खोँचमा खसेको थियो। र्दुघटनाग्रस्त विमानमा चालक दलका चार सदस्य र ६८ यात्रुु गरी ७२ जना सवार थिए। सोमबार बिहान दुर्घटनाग्रस्त जहाजको ब्ल्याक बक्स भेटिएको छ र उक्त बक्स छानबिन आयोगलाई बुझाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *