दुर्घटनाकाे शाेकमा भाेलि यती एयरलाइन्सका सबै नियमित उडान रद्द

पोखरामा भएको विमान दुर्घटनापछि सोमबारका लागि निर्धारित गरिएका यती एयरलाइन्सका सम्पूर्ण नियमित उडानहरू रद्द गरेको छ । विमान दुर्घटनामा परी ज्यान गुमाएका यात्रुहरूको शोकमा उडानहरू रद्द गरिएको हाे । यद्यपि आपत्कालीन र उद्धारका उडानहरू भने सुचारु हुनेछ ।

आइतबार विहान १०:३२ बजे काठमाडौँबाट पोखराको लागि ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सहित उडेको यती एयरको एटीआर ७२ विमान अन्दाजी ११:०० बजेको समयमा कास्की जिल्लाको पोखरा महानगरपालिका- १५ नयाँगाउँस्थित सेती नदीको खोचमा दुर्घटना भएको थियो । घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

विमान दुर्घटना भएकोमा सरकारले सोमबारका दिन अत्यावश्यक सेवा बाहेक नेपाल राज्यभर शोक विदा दिने घोषणा गरेको छ भने गृह मन्त्रालयले मन्त्रिपरिषद्‍को निर्णय अनुसार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *