यी हुन् दुर्घटनाग्रस्त विमानका सिनियर पाइलट कमल केसी

आइतबार बिहान पोखरामा दुर्घटनाग्रस्त यती एयरको जहाजका सिनियर क्याप्टेन कमल केसी रहेको खुलेको छ।

जहाज उडाएका पाइलट केसी प्रशिक्षक पाइलट हुन्। स्रोतका अनुसार उनी २० वर्षभन्दा बढी समयदेखि जहाज उडाउँदै आएका थिए।

काठमाडौंको बूढानीलकण्ठका बासिन्दा केसीले पाइलट कोर्स सकिएलगत्तै केही वर्ष नेपाल एयरलाइन्समा काम गरेका थिए।

त्यसपछि उनी जागिरका लागि भारत गएका थिए।

यति एयरलाइन्समा उनले १५ वर्षअघि जागिर सुरू गरेका थिए।

विमानको को पाइलटमा अञ्जु खतिवडा थिइन्।

दुई पाइलट, दुई जना एयर होस्टेस, १५ विदेशी यात्रुसहित ६८ यात्रु गरी कुल ७२ जना सवार जहाज पोखरामा सेती नदीको खोँचमा दुर्घटना भएको होे।

बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज अवतरण गर्ने क्रममा ११ बजेर १० मिनेट जाँदा फेवा खोँचमा दुर्घटना भएको यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए।

दुर्घटनामा परेको यती एयरको जहाजमा तीन शिशु र ६ बालबालिका समेत सवार थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान १०ः३५ बजे उडेको यो जहाजको परिचारिकामा एस हुन्चु र ओए मगर थिए. ।

हालसम्म ३६ जनाको शव निकालिएको छ।

 

(असावधानीवस क्याप्टेन कमल केसीको स्थानमा क्याप्टेन प्रमोद पौडेलको फोटो पर्न गएकोमा क्षमामाग्दै सच्चाएका छौं । यसबाट परिवार र आफन्तमा पर्न गएको असरका लागि माफि चाहन्छौं-सम्पादक )

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *