थानकोटमा सिद्धार्थ बैंकको नयाँ शाखा

सिद्धार्थ बैंक लिमिटेडले बिहीबार काठमाडाैंस्थित थानकोटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

बैंकले थानकोट क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा सहज ढंगले पुर्‍याउने उद्देश्यका साथ उक्त शाखा सञ्चालनमा ल्याएको हो।

उक्त शाखा विस्तारपश्चात् सिद्घार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १९४ (४ एक्स्टेन्सन काउन्टरसहित) पुगेको छ।

सजिलो बैंकिङ सेवा (शाखारहित बैंकिङ), एटीएम, पीओएस मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंकको वेबसाइटमा रहेको इजी बैंक पोर्टल  https://easybank.siddharthabank.com/ मार्फत बचत, मुद्दती र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, ४५० भन्दा बढी व्यावसायिक केन्द्रहरूबाट विशेष छुट प्राप्त गर्न सकिने गरी जारी गरिएको यूएनओ क्रेडिट कार्डजस्ता सेवामार्फत बैंकले उच्चस्तरिय बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

ग्राहकवर्गहरूको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन हरदम प्रतिबद्ध रहेको बैंकले जनाएको छ।

प्रतिक्रिया

One thought on “थानकोटमा सिद्धार्थ बैंकको नयाँ शाखा

Leave a Reply

Your email address will not be published. Required fields are marked *