
एकीकृत समाजवादी प्रवेश गरे घनश्याम भुसाल

नेकपा एमालेका पूर्वउपमहासचिव एवं वामपन्थी नेता घनश्याम भुसाल शुक्रबार नेकपा (एकीकृत समाजवादी पार्टी)मा प्रवेश गरेका छन्।
नयाँ बानेश्वरस्थित अर्याल होटलमा पत्रकार सम्मेलन गर्दै भुसाल नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका हुन्।
गएको मंसिर ४ मा सम्पन्न निर्वाचनमा एमालेबाट टिकट नपाएपछि उनले एमाले छाडेर रूपन्देहीबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए तर पराजित भए। एकीकृत समाजवादीले भुसाललाई सचिवालय सदस्यमा मनोनयन गर्ने तयारी गरेको छ। भुसालले एकीकृत समाजवादी पार्टीमा रहेर ठूला पार्टीलाई एक बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
प्रतिक्रिया