नर्भिक अस्पतालमा शनिबार कलेजोसम्बन्धी समस्याको निःशुल्क परामर्श

नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपीडी अभियानअन्र्तगत यो शनिबार (पुस ३० गते) पहिलो पटक कलेजोसम्बन्धी समस्या भएकाहरूले निःशुल्क परामर्श सेवा लिने अवसर पाउने भएका छन्।

नर्भिक अस्पतालले विगत केही महिनादेखि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘निःशुल्क ओपीडी अभियान’ सञ्चालन गर्दै आएको छ। यसअघिका कैयन् साताहरूका ओपीडी युरोलोजीसँग सम्बन्धित थिए।

पहिलो पटक कलेजोसँग सम्बन्धित समस्या भएका बिरामीहरूलाई सेवा दिने उद्देश्यले पुस ३० गते शनिबार विशेष ओपीडी सञ्चालन गर्न लागिएको अस्पतालले जनाएको छ। शनिबार बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म अस्पतालमा वरिष्ठ कलेजो रोग विशेषज्ञ तथा शल्यचिकित्सक डा. परदेज सापकोटा नेतृत्वको टिमले निःशुल्क ओपीडी सेवा सञ्चालन गर्नेछ।

निःशुल्क ओपीडीमा कलेजोको सिरोसिस, जण्डिस, फ्याटी लिभर भएका, पेटमा पानी जमेका जस्ता समस्या भएका बिरामीहरू तथा कलेजोबारे सम्पूर्ण रोगको निःशुल्क परामर्श सेवा दिइने छ।

निःशुल्क ओपीडीमा सहभागी हुन चाहनेले नर्भिक इन्टरनेशनल हस्पिटलको ल्याण्डलाइन नम्बर ०१५९७००३२ तथा मोबाइल नम्बर ९८८०८८८००० मा सम्पर्क गरी अपोइन्टमेन्ट बुक गर्न सक्नेछन्।

नर्भिक अस्पतालले केही दिनअघि पत्रकार सम्मेलनको आयोजना गरी कलेजो प्रत्यारोपण सेवाका लागि आवश्यक प्रक्रियाहरू अगाडि बढाइएको बताएको थियो।

अस्पतालले यसअघि नै मिर्गाैला प्रत्यारोपण सेवा भने सफलतापूर्वक सुरु गरिसकेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *