
प्रधानमन्त्री प्रचण्डसँग जर्मन राजदूतको शिष्टाचार भेट


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि जर्मनका राजदूत डा. थोमस प्रिन्जले बिहीबार शिष्टाचार भेट गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार भएको भेटमा दुई देशको सम्बन्ध र द्विपक्षीय हित तथा साझा चासोका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
त्यस अवसरमा जर्मन राजदूतले नेपालको प्रधानमन्त्री नियुक्त भएकामा प्रधानमन्त्री दाहाललाई बधाई दिँदै सफल कार्यकालको कामना गरेका थिए।
प्रतिक्रिया