एनभीए राष्ट्रिय भलिबल : महिलातर्फ पुलिस र एपीएफको जित

सातौं संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा नेपाल पुलिस क्लबले न्यू डायमण्ड युथ स्पोर्टस क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कर्भडहलामा आज भएको खेलमा विभागीय टोली पुलिसले न्यू डायमण्डलाई ३–२ को सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो। यस जितसँगै पुलिस समूह ‘ए’ को विजेता बन्यो। प्रतियोगितामा न्यू डायमण्ड पनि उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ।

खेलमा पहिलो सेट २५–२२ ले जितेको पुलिसले खेलको दोस्रो सेट २२–२५ ले गुमायो। त्यस्तै खेलको तेस्रो सेट पुलिसले २५–१४ ले जित्यो भने खेलको चौथो सेट न्यू डामण्डले आफनो पक्षमा पार्‍याे। न्यू डायमण्डले २५–२३ ले जित्यो। त्यसैगरी खेलको पाँचौं तथा अन्तिम सेट पुलिसले १५–१० ले जित्यो।

यसैगरी आजै भएको अर्को खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) कृष्ण एकेडेमीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। समूह बी मा रहेको एपीएफ कृष्ण एकेडेमी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो। एपीएफले पहिलो सेट २५–४ ले हार्‍याे भने खेलको दोस्रो सेट २५–४ ले पाखा लगायो। त्यस्तै खेलको तेस्रो तथा अन्तिम सेट एपीएफले २५–३ ले आफनो पक्षमा पार्‍याे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *