
पृथ्वी जयन्तीमा बिदा दिने निर्णय गरेर सरकारले राम्रो गर्याे : ओली


सत्तारूढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेर रामो गरेको टिप्पणी गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार पृथ्वी जयन्तीको अवसरमा काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रमपछि उनले सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिएका हुन्।
अध्यक्ष ओलीले नेपालको एकीकरण गरेर पृथ्वीनारायण शाहले सिंगो नेपाललाई एकताबद्ध गरेको बताए।
सरकारले बुधबार पृथ्वी जयन्तिको अवसर पारेर सार्वजनिक बिदासमेत दिएको हो। सत्तारूढ राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई विश्वासको मत दिन पृथ्वी जयन्तीमा सरकारले सार्वजनिक बिदा दिनुपर्ने शर्त राखेको थियो।
प्रतिक्रिया