एनभीए राष्ट्रिय भलिबल : महिलातर्फ आर्मी सेमिफाइनलमा प्रवेश

सातौं संंस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बुधबार भएको खेलमा आर्मी गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो। आर्मीले खेलको पहिलो सेट २५–११ ले जित्यो भने दोस्रो सेट २५–१० को जित निकाल्यो। त्यस्तै खेलको तेस्रो सेट २५–१५ ले आफ्नो पक्षमा पार्‍याे।

यस जितसँगै समूह ‘बी’ मा रहेको आर्मीले दुई खेलबाट ६ अंक जोडेको छ। पराजित गण्डकीको भने यो लगातार दोस्रो हार हो।

त्यस्तै महिलातर्फको समूह ‘ए’ बाट साविक विजेता न्यू डायमन्ड युथ स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लबले सेमिफाइनलको यात्रा तय गरिसकेका छन्। च्याम्पियनसिपमा महिलातर्फ आठ टोली सहभागी छन् भने पुरुषतर्फ १४ टोलीले सहभागिता जनाएका छन्।

च्याम्पियनसिपको महिला र पुरुषतर्फको विजेता टोलीले चार लाख रुपैयाँ पाउनेछन् भने उपविजेताले दुई लाख रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै तेस्रो हुने टोलीले एक लाख रुपैयाँ पाउनेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *