आफूमाथि न्याय भएको महसुस भएको छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको अगाडि गरेका प्रतिबद्धताको अक्षरशः कार्यान्वयनका लागि ठूलो अवसर प्राप्त गरेको महसुस गरेको बताएका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै उनले सदनमा उपस्थित सत्तापक्ष र प्रतिपक्षले समेत समर्थन गर्ने अवस्था पैदा हुनुलाई असाधारण अवस्थाको संज्ञा दिए।

सोमबार नै आफूले प्रतिनिधि सभाको पहिलो बैठकपछि नै सिंगो सदनले नै विश्वासको मत व्यक्त गर्ने धारणा व्यक्त गरेको स्मरण गर्दै उनले आजको यो समर्थनलले आफूमाथि ठूलो न्याय भएको बताए।

सबै दलको समर्थन पाएपछि आफूलाई अपार चुनौती र जिम्मेवारी थपिएको महसुस भएको बताए।सबैजसो दलको समर्थनपछि जनताको लागि गरेको प्रतिबद्धता कार्यान्वयमा निकै ठूलो अवसर प्राप्त भएको प्रधानमन्त्रीको भनाइ थियो।

समर्थन गर्ने दल र सांसदको भावनालाई आफूले सकारात्मक चुनौतीको रूपमा लिएको प्रधानमन्त्रीले स्पष्ट पारे। सत्तापक्ष र प्रतिपक्ष मिलेर मुलुकसामु रहेको साझा समस्या समाधानका लागि पहल गर्ने दृढता व्यक्त गरे।

प्रधानमन्त्रीले सिंगो सदनको नै विश्वासको मत पाउनुलाई आफू राष्ट्रिय सहमतिको केन्द्रबिन्दुमा रहेको महसुस गरेको उल्लेख गरे। आफूले पाएको अपार समर्थनअनुसार कार्यसम्पादन गर्न सकूँला वा नसकूँला वा न्यायपूर्ण तवरले सम्बोधन गर्न सकूँला वा नसकूँला भन्ने अवस्था भने रहेको उनको भनाइ छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर