
लोसपामा विश्वासको मतबारे निर्णय गर्ने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने वा नदिने भन्ने निर्णय गर्ने जिम्मा पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको पार्टीको केन्द्रिय कार्यकारिणी बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले मधेस प्रदेशको संसदीय दलको विधान अनुमोदन गर्ने निर्णय पनि गरेको पार्टीका नेता केशव झाले बताए । उनले आजको बैठकमा यथाशीघ्र पार्टीको संगठन विस्तारको कामलाई तीव्रता दिने निर्णय भएको पनि बताए ।
नेता झाले बैठकमा राजनीतिक र समसामयिक विषयमा पनि छलफल भएको जानकारी दिए ।
प्रतिक्रिया