
सांसदहरूले समयसीमालाई हेक्का राखेर अघि बढ्नुपर्छ : ओली


नेकपा (एमाले)का अध्यक्ष एवं पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय गतिविधिमा सहभागी हुने कुरालाई पहिलो प्राथमिकतामा राख्न पार्टीका नवनिर्वाचित सांसदहरूलाई निर्देशन दिएका छन् ।
पार्टी संसदीय दलको बैठक र अन्य सबै संसदीय गतिविधिहरूको कामलाई प्राथमिकता दिएर अघि बढ्न अध्यक्ष ओलीले पार्टीका सांसदहरूलाई सचेत गराएका हुन् ।
शनिबारबाट काठमाडौंमा सुरु भएको पार्टीका सांसदहरूको २ दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले सांसद भएको हुनाले संसदीय गतिविधिको काममा ध्यान दिएर अघि बढ्न पार्टीका सांसदहरू केन्द्रित हुनुपर्ने बताए । पार्टी संसदीय दलको बैठकमा र अन्य गतिविधिहरूमा पनि समयमै पुग्ने काम गर्नुपर्ने अध्यक्ष ओलीको भनाइ थियो ।
अध्यक्ष ओलीले सांसदहरूले समयसीमालाई हेक्का राखेर अघि बढ्नुपर्ने बताए ।
प्रतिक्रिया