मनाइयो चाँगुनारायण यात्रा (तस्बिरहरू)

पौष शुक्ल पूर्णिमाको दिन मनाइने चाँगुनारायण यात्रा काठमाडौंमा आज मनाइएको छ । शुक्रबार पौष शुक्ल पूर्णिमाको दिन मनाइने चाँगुनारायण यात्रा, माटोको भाँडा फुटाउने जात्रा सांस्कृतिक कार्यक्रमसहित मनाइएको हो ।

चाँगुनारायण यात्राको दर्शन गर्न उपराष्ट्रपति नन्दबहादुर पुनसमेत हनुमानढोका पुगेका थिए । उनले हनुमानढोकास्थित तलेजु भवानीको दर्शन एवं प्रसाद ग्रहणसमेत गरे ।

सो अवसरमा बोल्दै तारिणी मखन क्लवका अध्यक्ष राजन महर्जनले लिच्छिवीकालदेखि सुरु भएको जात्रा लोप हुँदै गएकाले यसको संरक्षणका लागि मेला आयोजना गरेको बताए । उनका अनुसार परापूर्वकालमा चाँगुनारायण यात्राका लागि भक्तपुरबाट निस्किएको र हनुमानढोका आएपछि त्यहाँका राजाले देवता हिँड्नुभयो भन्ने ठानेर हाँडी फुटाएर रोकेको किंवदन्ती छ । हाँडी फुटाएपछि चाँगुनारायणले मलाई अशुभ भयो, अब म कतै जानुहुँदैन भनेर तलेजु भवानीको मन्दिरमा पसेको किंवदन्ती छ ।

मेलाको अवसरमा उपराष्ट्रपति पुनले कुमारीको समेत पूजाअर्चना गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर