नेपाल तेक्वान्दो संघलाई अदालतद्वारा निरन्तरता

नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट दर्ता खारेज गरेको नेपाल तेक्वान्दो संघलाई पाटन उच्च अदालतले निरन्तरता दिएको छ ।

बिहीबार नेपाल तेक्वान्दो संघले पत्रकार सम्मेलनको आयोजना गरेर बुधबार पाटन उच्च अदालतमा न्यायाधीशद्वय श्यामजी प्रधान र दीपेन्द्र अधिकारीको संयुक्त इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको जनाएको हो ।

पुस ५ मा राखेपले प्रकाशशमशेर राणा अध्यक्ष रहेको तेक्वान्दो संघसहित उसु र शारीरिक सुगठन संघ विघटन गरेको थियो । समानान्तर संघ भएपछि राखेपले प्रदीप जोशीको संयोजकत्वमा इन्द्रमान तुलाधर महासचिव रहने गरी तेक्वान्दो महासंघ गठन गरेको थियो । असन्तुष्टि जनाउँदै नेपाल तेक्वान्दो संघ अदालत पुगेको थियो ।

पुस २० गते बुधबार दुवै पक्षलाई छलफलमा बोलाएर अदालतले पुस ५ गते राखेपद्वारा गरिएको निर्णय र २४ कात्तिकमा युवा तथा खेलकुद मन्त्रीस्तरीय निर्णयसमेत रिट निवेदनको अन्तिम निरूपण नभएसम्मका लागि कार्यान्वयन नगर्नु, नगराउनु भन्दै अन्तरिम आदेश दिएको पत्रकार सम्मेलनमा जानकरी दिएको छ । पत्रकार सम्मेलनमा उच्च अदालत पाटनको आदेश स्वागतयोग्य रहेको भन्दै नेपाल तेक्वान्दो संघका पदाधिकारले निर्णयको स्वागत गरेका छन् । संघले नेपाली खेलाडी र खेलकुदमा लागेको पादधिकारीको भविष्य सुनिश्चित गर्न राखेप र मन्त्रालयसँग सहकार्य गर्ने बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *