सुनको मूल्य बढ्यो

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख तीन हजार एक सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार नौ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला दुई सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार छ सय छ । यसको मूल्य अघिल्लो दिन एक लाख दुई हजार चार सय रुपैयाँ थियो ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर