११औं गोरखा महोत्सवका लागि प्रधानमन्त्रीलाई निम्ता

गोरखा उद्योग वाणिज्य सङ्घले ११औँ गोरखा महोत्सवको प्रमुख अतिथिका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अनुरोध गरेको छ ।

गोरखा उद्योग वाणिज्य सङ्घको टोलीले प्रधानमन्त्री दाहाललाई बालुवाटारमा भेटेर महोत्सवको प्रमुख अतिथिका लागि निम्तो हस्तान्तरण गरेको हो ।

प्रधानमन्त्री दाहालले यही पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने पूर्वकार्यतालिका रहेको उल्लेख गर्दै सकेसम्म आफू कार्यक्रममा उपस्थित हुने वचन दिएका छन् ।

सङ्घले ३०१औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा यही पुस २७ गतेदेखि माघ ७ गतेसम्म ११औँ गोरखा महोत्सव तथा प्रदेशस्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला, २०७९ आयोजना गर्दैछ ।

प्रधानमन्त्री दाहाललाई सङ्घका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष जीवनज्योति श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष भगवानबाबु मास्के तथा महासचिव प्रकाशचन्द्र श्रेष्ठले महोत्सवमा प्रमुख अतिथिका लागि निम्तो दिएका थिए ।

सङ्घको टोलीका साथ पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि बालुवाटार गएका थिए । दाहाल गत प्रतिनिधि सभा निर्वाचन, २०७९ मा गोरखा क्षेत्र नं. २ बाट विजयी भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर