एक वर्षभित्र १० लाख पर्यटक नेपालमा भित्र्याउन सकिन्छ : पर्यटनसचिव अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले एक वर्षभित्र मुलुकमा १० लाख पर्यटक भित्र्याउन सकिने दाबी गरेका छन् ।

सरकारले आगामी सन् २०२३ भित्र १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको र त्यो सम्भव रहेको सचिव अधिकारीको भनाइ थियो ।

पर्यटन दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालमा पर्यटकहरूलाई भित्र्याउने काममा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको पनि स्पष्ट पारे । सचिव अधिकारीले कोभिडका कारण पर्यटन क्षेत्रबाट मुलुकको अर्थतन्त्रमा हुँदै आएको योगदान ह्वात्तै घटेको भए पनि अहिले सन्तोषजनक ढंगले सुधार भइरहेको उल्लेख गरे ।

सचिव अधिकारीले नेपालले भारत, चीन, सिंगापुर, भियतनामलगायतका एशियाली मुलुकहरूमा पर्यटन प्रवर्द्धनका लागि अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए ।

कार्यक्रममा बोल्दै होटल एशोसिएशन अफ नेपाल (हान)की अध्यक्ष सृजना राणाले होटल व्यवस्थालाई पनि उद्योग व्यवसायसरह मान्यता दिन सरकारलाई दबाब दिइन् । उनले पर्यटन क्षेत्रको विकासका लागि होटल व्यवसायको प्रवर्द्धनका लागि बनेका नीतिहरूलाई कार्यान्वयनमा ल्याउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराइन् ।

होटल एशोसिएशन अफ नेपालले सरकारले कोभिडका कारण धराशायी बन्न गएको होटल व्यवसायलाई अघि बढाउनका लागि आवश्यक आर्थिक राहत उपलब्ध गराउन नसकेको गुनासो गर्दै आएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर