चिसोका कारण बुटवलको जनजीवन प्रभावित

बुटवलमा चिसो बढेसँगै जनजीवन प्रभावित बनेको छ । रुपन्देहीको बुटवलमा विगत केही दिनदेखि चिसो बढेसँगै जनजीवन प्रभावित बनेको हो ।

दुई दिनदेखि घाम नलागेको तथा हुस्सु र कुहिरोले ढाकेको कारण चिसो बढिरहेको सर्वसाधारणहरु बताउँछन् । चिसो बढेसँगै सर्वसाधारणको दैनिक कामकाजमा असहजता थपिएको छ ।

जाडो छेक्नका लागि घर वरपर तथा सडकका छेउहरुमा आगो बालेर तापिरहेका स्थानीय देख्न सकिन्छ । दुई दिन अघिसम्म मौसम राम्रो भएपनि हालभने अचानक मौसममा फेरबदल आई चिसो बढेको स्थानीय बताउँछन् । बुटवलवासी घामको प्रतिक्षा गरिरहेका उनीहरुको भनाइ छ ।

बुटवलसँगै देशका विभिन्न भागमा पछिल्लो दिनमा चिसो निरन्तर बढ्ने क्रम जारी छ । तराईका भूभाग तथा काठमाडौं उपत्यकामा पनि चिसो बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर