
५ दिनमा न्यूनतम साझा कार्यक्रम तय गर्ने सत्ता गठबन्धनको निर्णय, ओली संयोजक

सत्ता साझेदार दलहरूले आगामी ५ दिनमा न्यूनतम साझा कार्यक्रम तय गर्ने निर्णय गरेको छ ।
बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो ।
न्यूनतम साझा कार्यक्रम बनाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संयोजक बनाउने निर्णय भएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बताए । उनले बैठकमा मन्त्रिमण्डल विस्तारका बारेमा पनि छलफल भएको बताए । उनले आजको बैठकमा केन्द्र सरकारदेखि प्रदेश सरकारको बारेमा पनि छलफल भएको बताए ।
गृहमन्त्री लामिछानेले सरकार केका लागि हो भन्ने कुरा तय गर्न न्यूनतम साझा कार्यक्रम बनाइन लागेको बताए ।
प्रतिक्रिया