बालुवाटार छाडेर धुम्बाराहीस्थित भाडाको घर सरे देउवा

निवर्तमान प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासबाट सरेका छन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार प्रधानमन्त्री नियुक्त भएपछि देउवा बालुवाटरस्थित सरकारी निवासबाट सरेका हुन् ।

बूढानीलकण्ठस्थित निजी निवास हाल मर्मत भइरहेकाले उनी धुम्बाराहीस्थित भाडाको घरमा सरेको उनका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए । २०७८ साल असार २८ गते पाचौँ पटक प्रधानमन्त्रीमा नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री देउवा सरकारी निवासमा बस्दै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर